• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१ करोड ४ लाख बक्यौता उठ्न बाँकी

१ करोड ४ लाख बक्यौता उठ्न बाँकी


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर २० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले १ करोडबढी बक्यौता महशुल उठाउन बाँकी रहेको छ । विभिन्न समयमा बक्यौता महशुल नबुझाउने अटेरी ग्राहकबाट १ करोड ४ लाख ४७ हजार ६७९ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको छ । बक्यौता रकम नबुझाउने ग्राहकको गत मंसिर १६ गतेदेखी दिक्तेलबजारबाट लाईन काट्न थालेको प्राधिकरणले हालसम्म २ लाख ६५ हजार ८३७ रुपैयाँ उठाएको प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख राम दिनेश यादवले बताए । विभिन्न समयदेखी गएको कात्र्तिकसम्मको मात्रै प्राधिकरणले १ करोड ४ लाख ४७ हजार ६७९ रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

     

    विभिन्न स्थानीय सञ्चार माध्यममा सूचना प्रकाशन/प्रशारण गर्दासमेत बक्यौता महशुल नबुझाउने ग्राहकको धमाधम लाईन काट्दै बक्यौता बुझाउनलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । संबेदनशील संस्थाहरुलाई भने पत्र काटेर बक्यौता बुझाउन अनुरोध गरिएको छ । बक्यौता नतिर्नेमा व्यक्तिगत र औधोगिक बर्गका ग्राहक बढी छन् । बक्यौता उठाउनेसँगै प्राधिकरणले ट्रान्सफर्मरको लोड मिलाउने, मिटर रि,सिलिङको काम गरिरहेको छ । ६ सय ६२ ग्राहकको मिटर प्राधिकरणले रि,सिलिङ गरिसकेको छ । २०५७ जेठ २ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेकोे विधुत हालसम्म जिल्लाको साविक ४४ गाविसमा विस्तार भई सञ्चालनमा आइरहेको छ । १२ हजार ३ सय २४ जना यसका ग्राहक छन् ।
    २०७५ मंसिर २० गते दिउँसो १: ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology