• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्मला हत्या प्रकरण : काठमाडौंबाट एक जना युवक पक्राउ

निर्मला हत्या प्रकरण : काठमाडौंबाट एक जना युवक पक्राउ


समायोजन खबर
  • बुधबार, मंसिर १९ २०७५

  • बलात्कार गरी हत्या गरिएकी निर्मला पन्त

    समायोजन खबर काठमाडौं,
    कञ्चनपुरकी निर्मला पन्तको हत्याको अनुसन्धान गर्न प्रहरीले काठमाडौंबाट एक जना युवक पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट २२ वर्षका युवालाई पक्राउ गरेर हिरासतमा राखेको छ । उनको नाम सार्वजनिक गर्न नमिल्ने र हिरासतमा राखेर अनुसन्धान भैरहेको सीआईबीले जनाएको छ ।

     

    प्रहरीको मुख्य शंकामा रहेका उनलाई लामो समयदेखि खोजी गरे पनि हिजो मात्रै पक्राउ गर्न सफल भएको सीआईबी स्रोतको दावी छ । पक्राउ परेका युवकबाट घटनाको नजिक पुग्न पनि सहयोग मिल्ने स्रोतले बतायो । उनको डीएनए परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

     

    गएको साउन २१ गते कञ्चनपुरकी बालिका निर्मता पन्त बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन । उनको बलात्कार र हत्यारामा संलग्नलाई पक्राउ गर्न धेरै समिति बने पनि दोषी पक्राउ पर्न सकेका छैनन् । घटनाको प्रमाण मेट्न सहयोग गरेको भन्दै २ जना प्रहरी निलम्बनमा परिसकेका छन् ।
    २०७५ मंसिर १९ गते राती ८ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology