• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै


समायोजन खबर
  • बुधबार, मंसिर १९ २०७५

  • फाईल तस्विर ।

    काठमाण्डौ
    सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदैछन् । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने आजको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा शतप्रतिशत जित आत्मसाथ गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिम तिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ । शीर्ष स्थानको मनाङको ५ खेलबाट १५ अंक छ भने जावलाखेल युथ क्लब ४ अंक सहित तालिकाको ११ औँ स्थानमा छ ।

     

    यस्तै आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच साढे २ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ । स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । शेर्पा १० अंक सहित छैटौ स्थानमा छ भने च्यासल ४ अंक सहित नवौ स्थानमा छ । यसैगरी आजै हुने तेस्रो खेलमा थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हलचोकस्थित एपीएफको मैदानमा दिउँसो साढे २ बजे यी दुई टोलीबीचको खेल सुरु हुने । थ्री स्टार १२ अंक सहित तालिकाको चौथो स्थानमा छ भने सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।
    २०७५ मंसिर १९ गते बिहान ९ : ४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology