• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा पनि निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

खोटाङमा पनि निर्मलालाई न्याय दिलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु


समायोजन खबर
  • मंगलबार, मंसिर १८ २०७५

  • बलात्कार गरी हत्या गरिएकी निर्मला पन्त

    समायोजन खबर खोटाङ,
    कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ महिना बित्दा समेत बलात्कारी र हत्यारा पहिचान गरी कारबाही हुन नसकेको भन्दै नयाँ शक्ती पार्टीको भातृ संगठन नयाँ शक्ती बिद्यार्थी यूनियनले खोटाङमा हस्ताक्षर अभियान थालेको छ ।

     

    नयाँ शक्ती बिद्यार्थी यूनियन दिक्तेल बहुमुखी क्याम्पस कमिटिले दोषी पत्ता लगाएर कारबाहीका लागि दवाव स्वरुप मंगलबारदेखि हस्ताक्षर अभियान थालेको हो । निर्मलाको न्यायको लागि क्याम्पसबाट सुरु गरिएको अभियान जिल्लाका अन्य शैक्षिक संस्था एबं ठाउँमा पु¥याइने नयाँ शक्ती बिद्यार्थी यूनियनका जिल्ला अध्यक्ष सञ्जित राईले बताए ।

     

    प्रदेशभर आगामी मंसिर अन्तिमसम्म संकलन गरिने हस्ताक्षर मूख्यामन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाउनेगरी निर्मलाको पक्षमा हस्ताक्षर संकलन अभियान थालिएको नयाँ शक्ती बिद्यार्थी यूनियनले जनाएको छ । हस्ताक्षर अभियान सरकारको बिरोध नभै निर्मलाको न्यायका लागि सञ्चालन गरिएको अध्यक्ष राईले बताए ।
    २०७५ मंसिर १८ गते साँझ ७ : ३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology