समायोजन खबर खोटाङ,
जिल्लामा महिला हिंसाका बिरुद्धमा -याली निकालिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाक्रममा जिल्ला समन्वय समिति खोटाङ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले सोमबार दिक्तेलमा संयुक्तरुपमा -याली निकालेको हो । महिला हिंसाका घटनालाई न्यूनीकरण एबं हिंसामा संलग्न दोषीमाथि कानुनी कारबाहीका लागि दवाव स्वरुप -याली निकालिएको हो । -यालीमा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे समेत सहभागी हुनुहुन्थ्यो ।

-यालीपछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री घिमिरेले पहिरन, सोसल मिडिया र मादक पदार्थ सेवनका कारण महिला हिंसा हुने गरेको बताउनुभएको छ । उहाँले देश नयाँ संरचनामा गए लगत्तै कानूनी संक्रमण जारी रहेकाले कतिपय महिला हिंसाका पीडकले प्रश्रय पाइरहेको उल्लेख गर्नुभयो ।
२०७५ मंसिर १७ गते राती ९ :०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology