• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भड्किलो पहिरन, सोसल मिडिया र मादक पदार्थ महिला हिंसाका मुख्य कारणः मन्त्री घिमिरे

भड्किलो पहिरन, सोसल मिडिया र मादक पदार्थ महिला हिंसाका मुख्य कारणः मन्त्री घिमिरे


समायोजन खबर
  • सोमबार, मंसिर १७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पहिरन, सोसल मिडिया र मादक पदार्थ सेवनका कारण महिला हिंसा हुने गरेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाक्रममा जिल्ला समन्वय समिति खोटाङ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले सोमबार दिक्तेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले भड्किलो पहिरन, सामाजिक सञ्जालको दुरुपयोग र मादक पदार्थ सेवनका कारण महिलामाथि हिंसा भइरहेको बताएका हुन् । ‘महिलाको पहिरन, सोसल मिडिया र पादक पदार्थ सेवन लगायतका कारण महिलामाथि हिंसा भएको देखिन्छ,’ सामाजिक बिकास मन्त्री घिमिरेले भने, ‘मानवीय त्रुटीका कारणले हुने महिला हिंसाका बारेमा सामाजिक जागरण आवश्यक देखिएको छ ।’

     

    मन्त्री घिमिरेले देश नयाँ संरचनामा गए लगत्तै कानूनी संक्रमण जारी रहेकाले कतिपय महिला हिंसाका पीडकले प्रश्रय पाइरहेको उल्लेख गरे । उनले त्रि–धार्मिकस्थल हलेसीको विकास, जिल्ला अस्पतालको स्तरोन्नति, सामुदायिक विद्यालय सुधार, सडक तथा खेल मैदान निर्माण लगायतका क्षेत्रमा प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिए ।
    २०७५ मंसिर १७ गते राती ८ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology