• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश कमिटिमा खोटाङका १० जना नेता मनोनित (जान्नुहोस को-को परे)

प्रदेश कमिटिमा खोटाङका १० जना नेता मनोनित (जान्नुहोस को-को परे)


समायोजन खबर
  • सोमबार, मंसिर १७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    नेकपाको १ नम्बर प्रदेश कमिटिमा खोटाङका १० नेता मनोनित भएका छन् । नेकपा केन्द्रीय कमिटिले सात वटै प्रदेशको कमिटिलाई टुंग्याउनेक्रममा जिल्लाबाट साबिकको एमालेबाट ६ जना र साबिकको माओबादी केन्द्रबाट ४ नेता मनोनित भएका छन् । मंसिर १२ गतेको नेकपा केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुशार प्रदेश कमिटिमा साबिकको एमालेबाट पिके राई, बबी चामलीङ, उषाकला राई, हरिकुमार पोखरेल, भीम राई र सुमन बान्तवा मनोनित भएका छन् ।

     

    अधिकतम २०७ सदस्य रहने प्रावधान अनुशार साबिकको माओबादी केन्द्रबाट ध्रुब बुढाथोकी, देवान चामलीङ, सुरेश राई र अरुणा राई प्रदेश कमिटिमा समेटिएको नेकपाले जनाएको छ । ध्रुब साबिक माओबादीका पोलिटव्यूरो र देवान केन्द्रीय आयोजक कमिटि सदस्य हुन् । सुरेश र अरुणादेबी पनि केन्द्रीय आयोजक कमिटि सदस्यको भूमीकामा थिए । प्रदेश कमिटिमा साबिकको एमालेबाट १२२ जना र माओबादीबाट ८५ जना समेटिएका छन् ।
    २०७५ मंसिर १७ गते राती ८ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology