समायोजन खबर खोटाङ,
मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ । शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले शतप्रतिशत जित निकालेको हो । हल्चोकस्थित एपीएफको मैदानमा मनाङलाई जित दिलाउन अन्जन बिष्ट र आफिज ओलावालेले समान एक एक गोल गरे ।
पहिलो हाफमा सरस्वतीको डिफेन्स चिर्न नसकेको मनाङले दोस्रो हाफमा गोल गर्दै सहज जित निकाल्यो । तुलनात्मक कमजोर टिम सरस्वतीविरुद्ध मनाङले खेलको ५५ औं मिनेटमा अन्जनको गोलबाट अग्रता बनाएको थियो । खेलमा मनाङका कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिनुभयो । जितसंगै मनाङले ५ खेलबाट १५ अंक जोडेको छ । र, मनाङले दोस्रो स्थानको थ्री स्टारविरुद्ध ३ अंकको अग्रता बनाएको छ । थ्री स्टारको १२ अंक छ । मनाङसंग पराजित सरस्वती भने ६ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
२०७५ मंसिर १५ गते साँझ ६ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology