समायोजन खबर खोटाङ,
पार्टीका शीर्ष नेतालाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबावदिने निष्कर्ष निकाल्दै नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला सम्पन्न भएको छ । नुवाकोटको ककनीमा भएको कांग्रेस जिल्ला सभापतिको भेलाले पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिने उद्देश्यले एकमत भएर जाने प्रयासका साथ अघि बढ्ने निष्कर्ष निकालेको छ । पार्टीका शीर्ष नेतृत्वलाई एक ढिक्का हुनका लागि आफूहरु प्रयासरत रहने सभापतिले बताएका छन् । बैठकमा सहभागी सभापतिले दिएका सुझाव संकलन गरेर एकीकृत मस्यौदा तयार पार्न १७ सदस्यीय समिति बनाइएको छ ।
समितिमा प्रत्येक प्रदेशबाट दुई–दुई जना र दुई महिला सभापति रहेका छन् । जिल्ला सभापतिबाट आएका सुझाव समेटेर पार्टीलाई एक ढिक्का बनाएर महासमितिमा जान दबाब दिनका लागि आफूहरु गुटगत स्वार्थभन्दा माथि उठेर छलफलमा जुटेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बताए । ककनीमा जारी बैठकमा सहभागी जिल्ला सभापतिले विधान संशोधन मस्यौदा समितिले पार्टीलाई बुझाएको मस्यौदामा केही विषय स्पष्ट नभएको भन्दै आपत्ति समेत जनाएका छन् । ५८ जिल्लाका सभापति सहभागि भेलाले ‘ककनी घोषणापत्र’ समेत जारी गरेको छ ।
२०७५ मंसिर १३ गते सााँझ ७ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology