समायोजन खबर खोटाङ,
इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार भएको छ । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि कार्यालयभित्रै नै छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । छुरा प्रहार गर्नेहरुको पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । छुरा प्रहार गर्नेहरुले रकम लुटेको वा नलुटेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
२०७५ मंसिर १२ गते राती ८ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology