समायोजन खबर खोटाङ,
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले ९ महिनासम्म बर्तमान सरकारले कुनै काम गर्न सक्दा जनतामा निरासा बढेको बताउनु भएको छ । पार्टीले शनिबार राजधानीमा गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको टिप्पणी गर्नुभयो । नेताहरू रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गर्नुभयो ।
राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उहाँको भनाइ छ । तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको तर राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएकोमा प्रकाण्डले जोड दिनुभयो । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै उहाँले पन्तका हत्याराको पहिचान आफ्नो पार्टीले गर्ने बताउनुभयो । पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत नेकपाले जनाएको छ ।
२०७५ मंसिर ८ गते राती ८ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology