• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भीरबाट लडेर बृद्धको ज्यान गयो

भीरबाट लडेर बृद्धको ज्यान गयो


चिसाङ शेर्पा
  • शनिबार, मंसिर ८ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा लडेर एकजना बृद्धको ज्यान गएको छ । मेला भरेर घर फर्कने क्रममा भीरबाट लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ७५ बर्षीय वीर बहादुर गुरुङको ज्यान गएको हो ।

     

    नेर्पामा पर्ने धार्मिकस्थल भुलभुलेमा कार्तिके पुर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने एकदिने मेला भरेर फर्कने क्रममा स्थानीय नामटार खोलाको भीरबाट लडेर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले जानकारी दिए । शुक्रबार मेला भर्न गएका उनी घरमा नआएपछि आफन्तले खोजी गर्दा शनिबार बिहान मृत अवस्थामा भेटिएको थियो ।

     

    आफन्त, प्रहरी र स्थानीयबासीको रोहवरमा शवलाई पोष्टमार्टम गरी आजै आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ । भुलभुलेमा करीव डेढसय वर्ष अघिदेखी कार्तिके पुर्णिमाको अवसरमा मेला लाग्दै आएको छ । मेलामा धार्मी, झाक्री देउ देवतालाई बल माग्नका लागि भनी आउने गर्दछन् । परापुर्वक कालमा तीन दिनसम्म लाग्ने मेलालाई यसैपालीबाट जुवातासरहित एकदिने मेला बनाईएको नेर्पाका वडाध्यक्ष माधव राईले बताए ।
    २०७५ मंसिर ८ गते साँझ ६  : ३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology