चिसाङ शेर्पा खोटाङ,
दिक्तेल बजारमा जथाभावी भईरहेको पार्किङलाई रोक्नका लागि ट्राफिक संकेतहरु राख्न थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलबजारमा पार्किङलाई व्यवस्थित गर्न विभिन्न ट्राफिक संकेतहरु राख्न थालिएको छ ।
नगरपालिकाको आर्थिक सहयोग र ट्राफिक प्रहरीको सहकार्यमा बजारको आसपासमा राखिने गरी मंगलबार नगरप्रमुख दिपनारायण रिजालले दिक्तेल बेसक्याममा ट्राफिक प्रहरीलाई, रोक्न निषेध, हर्न बजाउन निषेध, पार्किङ निषेध, गती सिमित, विद्धालय क्षेत्रजस्ता संकेत जनाउने ट्राफिक संकेतहरु हस्तान्तरण गरेका छन् । ट्राफिक संकेतहरु पुरै तयारी भइनसकेको र बनेकाहरु गाड्ने काम हुदै जाने र खर्चको विवरण अहिले ननिस्कने नगरप्रमुख रिजालले बताए । पटक–पटक ताकेता गर्दा समेत पार्किङमा ध्यान नदिएका यातायात व्यवसायी, चालक र अन्यले सहजै देखिनेगरी बेसक्यामबाट संकेतहरु राख्न थालिएको छ । जिल्लामा दुईवटा बसपार्क र एकवटा जीप पार्क रहंदा समेत यातायात ब्यवसायीले पार्किङस्थलमा सवारी साधन पार्किङ गरीरहेको छैन ।
आजबाट नै राती ८ बजेदेखी भोलीपल्ट बिहान ८ बजेसम्म दिक्तेलबजारभित्र निर्माण सामग्री बोकेका सानाठूला सवारी साधन भित्र्याउन पाईने भएको छ । सो समय बाहेक अन्य समयमा त्यस्ता सवारी साधन भित्र्याएमा सामान नै जफतगरी आवाश्यक कारबाही गरिने नगरपालिकाले जनाएको छ । यस्तै, केही समयअघि विधार्थीलाई ध्यानमा राखेर बनाईएको सवारी टाईमिङ पनि कडासाथ लागू गरिने भएको छ । नगरले विधार्थीको भीडभाड हुने र दुर्घट्ना हुन सक्ने भन्दै प्रत्येक दिन बिहान ९ बजेदेखी साढे दश बजेसम्म र अपरान्ह तीन बजेदेखी साढे चार बजेसम्म दिक्तेल बजारमा मोटरबाईक बाहेक अन्य सवारी साधन चल्नमा रोक लगाउदै आएको थियो ।
क्याप्सन : ट्राफिक संकेत हस्तान्तरणपछि बोल्दै नगरप्रमुख दिपनारायण रिजाल, तस्विर चिसाङ शेर्पा २०७५ मंसिर ४ गते दिउँसो २ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology