• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बलात्कार र हत्या आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

बलात्कार र हत्या आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक


समायोजन खबर
  • बिहिबार, कार्तिक २९ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर उदयपुर,
    बालिका बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उदयपुर रौतामाई गाउँपालिका ३का १३ वर्षीया वालीका एन्जिला खड्काको बाख्रा चराउन जाँदा गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय १४ वर्षीय बहादुर राई र १७ वर्षीय विपीन राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो ।

     

    घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नफर्किएपछि अभिभावक र छिमेकीसहितले रातभरि खोज्ने क्रममा आइतबार वालीकालाई मृत अवस्थामा फेला पारेको थियो । अनुसन्धानको क्रममा प्रहरीले छ जना पक्राउ गरेपनि हत्यामा संलग्न दुईजना मात्र पुष्टि भएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
    २०७५ कार्तिक २९ गते साँझ ७ : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology