समायोजन खबर खोटाङ,
उदयपुरको बेलका नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा ज्यान गएका तीन जनाको सनाखत भएको छ । ज्यान जानेहरुमा बेलका नगरपालिका–२ बेलहाकी १९ वर्षीया विनिता चौधरी, २० वर्षीया दिपिका चौधरी र २० वर्षीय ईन्द्र चौधरी रहेको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिए ।
बेलका नगरपालिका वडा नम्बर–८ मा रहेको रङमहलको उकालोमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । २७ जना घाइतेको विपीमा उपचार भईरहेको छ । ट्याक्टरमा तिहारमा देउसी भैलो खेलेको रकमबाट पिकनिक खान गएका अधिकांश १८ वर्ष मुनिका युवायुवती रहेका थिए ।
उदयपुर र सुनसरी जोड्ने चतराको कोशी पुलमा पिकनिक खाएर फर्कने क्रममा स १ त ५८५० नम्बरको ट्याक्टर रङमहलको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक नविन कुमार सिंहले बताए ।
२०७५ कार्तिक २५ गते राती ८ ;२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology