• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नुनथलामा भलिबल प्रतियोगिता तथा साँगितिक कार्यक्रम सकियो

नुनथलामा भलिबल प्रतियोगिता तथा साँगितिक कार्यक्रम सकियो


चिसाङ शेर्पा
  • मंगलबार, कार्तिक २० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    प्रगतीशिल युवा समाज नुनथलाले आयोजना गरेको साबिक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम धौलाङ पहिलो भएको छ । तिहारको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित जालपा माविको प्राङ्गणमा भएको प्रतियोगितामा साबिक वडा १ महुरेलाई पराजित गरेर धौलाङ पहिलो बनेकोे हो ।

     

    प्रतियोगितामा साबिक वडा ४ पुइलुङ तेश्रो भएको कार्यक्रम संयोजक चन्द्र कुमार राईले जानकारी दिए । प्रतियोगिताको प्रथमले बीस हजार १ सय १ दोश्रोले बाह्र हजार १ सय १ तथा तेश्रोले ८ हजार १ सय १ नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

     

    भलिबलसँगै समाजले खुल्ला नृत्य प्रतियोगिता पनि गरेको थियो । गत कार्तिक १७ गतेबाट भलिबल सुरु गरी समापनका दिन मंगलबार खुल्ला नृत्य प्रतियोगिता गरेका हुन् । नृत्यमा वेदना सहयोगी समाज नुनथला महुरे प्रथम, नव एकता संर्घष वालसेवा समाज बुईपा ५ गैरीगाउँ दोश्रो, पालुवा युवा साँस्कृतिक परिवार सुम्निामा खार्पा रुभुङ तेश्रो र प्रेरणा वालमञ्च नुनथला पुईलुङ सान्त्वना भएको थियो । नृत्य प्रतियोगिताका प्रथमले सात हजार, दोश्रोले पाँच हजार, तेश्रोले तीन हजार र सान्त्वनाले एक हजार पाँच सय नगद पुरस्कार पाएका छन् ।
    २०७५ कार्तिक २० राती ८  : ०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology