चिसाङ शेर्पा खोटाङ,
पछिल्लो समयमा कला, साहित्य र सिर्जनाको खेतीमा लागि रहेको साईनो कला केन्द्रले सांगितिक देउसी भैलो कार्यक्रम सुरु गरेको छ । गतवर्ष मात्रै देउसी भैलो खेलरै (जन्म )स्थापना भएको केन्द्रले यसवर्ष पनि सोही परम्परालाई निरन्तरता दिएको हो । खासगरी जिल्लामा गायन, वाद्यवादन सिकाउने विद्धालय नहुंदा त्यसको विकल्पमा खोटाङगे युवायुवतीको अथक प्रयास र प्रयत्न पश्चात २०७४ फागुन ४ गतेवाट विधिवत, कानुनतः सञ्चालनमा आएको केन्द्रले कलाकेन्द्रको संमृद्धिका लागि सहयोगार्थ तिहारको पहिलो दिन काग तिहारबाट दिक्तेल बजारमा साँगितिक देउसी भैलो कार्यक्रम सुरु गरेको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जनाए ।
जिल्ला तथा अन्य जिल्लाका गरी ५० जना संगीतका विधार्थीलाई लिएर साईनोले सोमबार दिउँसोबाट दिक्तेलस्थित भानुचोक, पुरानो बैंक चोक र अम्बागाछीमा साँगितिक देउसी भैलो कार्यक्रम गरेका हुन् । तीन स्थानमा भएको कार्यक्रममा भिजन आईडल फस्ट रनरअप प्रबृत्ति राई, साइनो कलाकेन्द्रको नृत्य विभागका कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए । चाडवाडको अवसरमा सवैलाई एकाग्र बनाउने केन्द्रका कलाकारहरुको प्रस्तुती हेर्न तीनै स्थानमा वालकदेखी बृद्धसम्मको जमात थियो ।
गायक केदार अनुरागी, युवराज राई, संगीतकर्मी भक्त विश्वकर्मा र पर्शुराम विश्वकर्माको एकल तथा सामूहिक गायन प्रस्तुतीले उपस्थित स्रोता तथा दर्शक मन्त्रमुग्ध भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर्वाचित वडा सदस्य प्रकाश कुमार श्रेष्ठले छोटो अवधिमा साईनो कला केन्द्रले राम्रो उन्नती गरेको भन्दै भानुचोकमा प्रशंसा गरे । संङ्घीय संरचनाले व्यापार व्यवसायमा ह्रास आएको वेला कलाकारिताको माध्यमबाट वजारको व्यापार व्यवसायमा समेत सहयोग भएको उनले बताए ।
संस्थाको विकास, साहित्य/कलालाई जर्गेना गर्दैै भावि समयमा नृत्य सेन्टर सुरुवात गरेर कलकारिताको नशालाई मनमै खुम्चाएर बसेका ईच्छुकलाई यही ठाउँमा उत्कृष्ट सेवा दिनका लागि भईरहेको साँगितिक देउसी भैलोमा बजारवासीले खुलेर प्रशंसा गर्दै सहयोग गरेका साईनोले जनाएको छ । बजारवासीको सहयोग र हौसलामा केन्द्रका विधार्थीहरुमा आनन्दको अनुभुती र साहष मिलेको कलाकारहरुसँग अनुभव छ ।
दिक्तेलस्थित भवनगैरामा सानो आकारमा स्थापना भएको साईनो साँच्चिकै सबैसँग माया, सद्भाव, प्रेम र स्नेह बाँडेर बृहत बन्दै गएको अध्यक्ष श्रेष्ठ बताउँछन् । हाल केन्द्रले आर्थिक कमजोर भएका दशजना र अन्य गरी ५० जनालाई साधारण शुल्कमा गायन र वाद्यवादनतर्फ गिटार, हार्मोनियम, तबला, मादल, वाँसुरी सिकाई रहेका छन् । गतवर्ष मात्रै देउसी खेलेर जन्मेको साईनोले यो पाली अलिक माथि उठ्न र बाँकी बजारवासीको सहयोग सामिप्यता पाउनलाई मंगलबार (भोली) दिक्तेलको त्रिवेणीचोकदेखी रत्नपार्कसम्म सांगितिक देउसी भैलो कार्यक्रम गर्नेछ ।
२०७५ कार्तिक १९ गते राती ९ : ११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology