• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्रीमावि वाँसबोटे : ‘सिकाई पुस्तकालय’लाई ४५ हजार बराबरको पुस्तक प्राप्त

श्रीमावि वाँसबोटे : ‘सिकाई पुस्तकालय’लाई ४५ हजार बराबरको पुस्तक प्राप्त

नौ जनाबाट पुस्तक प्राप्त


चिसाङ शेर्पा
  • सोमबार, कार्तिक १९ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,

    श्रीमावि वाँसबोटे लफ्याङको ५८ औं वार्षिक उत्सव सकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा रहेका पाँच विद्धालयमध्ये नमूना विद्धालय बन्न कसरत गरिरहेको विद्धालयले आधा दर्जन बढी शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरेर वार्षिक उत्सव मनाएका हुन् ।

     

    वार्षिक उत्सवको अन्तिम दिन सोमबार विद्धालयमा रहेको पाँचवटा अक्षयकोषको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । पाँच अक्षयकोषको करीव १ लाख व्याज भएको र व्याजको ५० प्रतिशत रकम मुलधनमा गाभिने र वाँकी रकमवाट लफ्याङमा व्यवस्थित मञ्च बनाउने निर्णय भएको विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

     

    वार्षिक उत्सवकै अवसरमा सोही विद्धालयका चुडामणी घिमिरे र मुना वस्नेत उत्कृष्ट शिक्षकमा सम्मानित भएका छन् । उहाँहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । आइतबारबाट सुरु भएको वार्षिक उत्सवमा शिक्षिकाविच भएको म्युजिकल चियर, विधार्थीको हिसाव दौड, भाले जुधाई, वेलुन फुटाई, प्रतिभा पहिचानजस्ता रोचक खेल, लफ्याङका जनप्रतिनिधि, शिक्षक र विद्धालय व्यवस्थापन समितिविच मैत्रीपुर्ण भलिवल प्रतियोगिता भएको थियो । विजयीहरुलाई खोटाङका प्रदेशसभा सदस्य रामकुमार राई पासाङ, जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङ, लफ्याङका वडाध्यक्ष निर्मल राई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ठाकुर दाहालले पुरस्कार वितरण गरेका थिए । सम्पुर्ण पुरस्कारको वडा शिक्षा समितिले व्यवस्था गरेको थियो ।

     

    यस्तै, सोही विद्धालय र व्यवस्थापन समितिले केही समयअघि स्थापना गरेकोे सिकाई पुस्तकालयको ९ जनाले आजिवन सदस्यता लिएका छन् । पाँच हजार नगद अथवा सोही रकम बराबरको पुस्तक प्रदान गरी जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङ, विव्यास अध्यक्ष राजेन्द्र राई, प्रधानाध्यापक जसराज किराती, शिक्षकहरु ज्ञानेन्द्र कुमार राई, चुडामणी घिमिरे, पाण्डव राई, रविन सुनुवार, कञ्चन आचार्य र गोपाल श्रेष्ठले सिकाई पुस्तकालयको आजिवन सदस्यता लिएका छन् । उनीहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको विद्धालयले जनाएको छ ।

     

    २०१७ सालमा स्थापना भई अथक प्रयास र मेहेनतपछि गतवर्षवाट कक्षा ११ र १२ सञ्चालन गराउन सफल उक्त विद्धालयमा हाल शिक्षा संकाय अन्तगरको अंग्रेजी, नेपाली, स्वास्थ्य र जनसंख्या विषयको अध्ययन/अध्यापन हुंदै आएको छ ।
    २०७५ कार्तिक १९ गते राती ८ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology