• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज श्रीमावि वाँसबोटेले ५८ औं वार्षिक उत्सव मनाउदै

आज श्रीमावि वाँसबोटेले ५८ औं वार्षिक उत्सव मनाउदै


चिसाङ शेर्पा
  • आइतबार, कार्तिक १८ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको लफ्याङमा रहेको श्रीमावि वाँसबोटे विद्धालयले आज र भोली ५८ औं वार्षिक उत्सव मनाउदै छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभीत्र नमूना शिक्षाको प्रारम्भ गर्दै शिक्षामा व्यापक सुधार गर्न लागि परिरहेका विद्धालयहरुमध्ये उक्त विद्धालयले वार्षिक उत्सव मनाउने भएको हो । वार्षिक उत्सवका अवसरमा पाँचवटा अक्षयकोषको वार्षिक प्रतिवेदन प्रस्तुत तथा अक्षयकोषवाट विभिन्न विधामा उत्कृष्ट विधार्थीलाई पुरस्कृत गरिने छ ।

     

    वालवालिकालाई हिसाव दौड, र्वड मिनिङ, कक्षा १ देखी १२ सम्मका विधार्थीमा प्रतिभाको खोजीजस्ता विभिन्न कार्यक्रम गरिने विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो । हिसाव दौड, र्वड मिनिङ, विधार्थीमा प्रतिभाको खोजी लगायतका कार्यक्रममा लफ्याङका पाँचसहित खाल्लेका दुई विद्धालयलाइ समेत समावेश गरिने भएको छ । वार्षिक उत्सवका अवसरमा विद्धालय व्यवस्थापन समिति र अभिभावकविच मैत्रीपुर्ण भलिवल खेल पनि हुने विद्धालयले जनाएको छ ।
    २०७५ कार्तिक १८ गते बिहान ८ : ३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology