समायोजन खबर खोटाङ,
हलेसी तुवाचुङ नगरपालिकामा आयोजित होलेसुङ–जनकराज राई मार्ग गोल्ड कपमा खामाखा खार्चुम समाज हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान च्याम्पीयन बनेको छ । शनिबार भएको फाईनल खेलमा पेनाल्टी सुटआउटमा ॐ शिवशक्ती युवा समुह महादेवस्थानलाई ५–४ गोल अन्तरले हराउँदै खामाखा खार्चुम समाज च्याम्पीयन बनेको हो । गत वर्ष सञ्चालित होलेसुङ–जनकराज मार्ग गोल्ड कपमा च्याम्पीयन बनेको ॐ शिवशक्ती युवा समुह यस पल्ट उपबविजेतामा खुम्चिएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बोहेम्मास्थित ‘कृष्णराम–मोतिप्रसाद राई रङ्गशाला’मा सम्पन्न प्रतियोगीतामा प्रथम हुने टिमले नगद ७५ हजार र रनिङ कप तथा दोश्रो हुने टिमले ३५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको प्रतियोगीताका सेमीफाइनलिष्ट साईनो युवा क्लव दुर्छिम रातमाटे र नयाँ नेपाल सरोकार समाज सोक्माटार ओखलढुंगालाई १५/१५ हजार प्रदान गरिएको आयोजक साकेला सिली फुटबल क्लब दुर्छिमका अध्यक्ष कमल राईले बताए । कात्तिक ११ गतेदेखि जारी प्रतियोगीताका बिजेतालाई प्रदेशसभाका सदस्य राजन राई र हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले पुरस्कार प्रदान गरेका हुन् । यस्तै, प्रतियोगीताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट कोच लगायत आठ विधाका खेलाडीलाई ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
२०७५ कार्तिक १७ गते राती ७ : २७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology