चिसाङ शेर्पा खोटाङ,
खोटाङमा शिक्षकहरुले दशैवटा स्थानीय तहमा एक घण्टा धर्ना र एक घण्टा विरोध सभा गरेको छ । देशव्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार दुईवटा नगरपालिका र आठ गाउँपालिकामा धर्ना र विरोधसभा गरेको हो ।
तत्कालिन शिक्षक युनियन, पेशागत घटकहरु र नेपाल सरकारसँग बेलाबेलामा भएको सम्झौता र समझदारीहरु पटक पटक ध्यानाकार्षण गराउँदा समेत राज्यले वेवास्ता गरी गैर जिम्मेवारपना देखाएको भन्दै तेश्रो पटक विरोधसभा गर्नुपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर समिति अध्यक्ष यादव प्रसाद घिमिरेले बताए । प्रथम र दोश्रो चरणका लागि अगुवाईमा भएको भद्र आन्दोलनलाई समेत सरकारले वेवास्ता गरेकाले शिक्षक महासंघ केन्द्रिय समितिको आव्हान अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख मार्फत सरकारलाई २६ बुंदे माग पेश गरिएको छ ।
शिक्षकहरुको माग हुबहु स्थानीय तहको माध्यमबाट सरकार समक्ष पु¥याउनेमा आफू प्रतिबद्धता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल बताए । दुइ घण्टे धर्ना र विरोधका लागि जिल्लाको सामुदायिकतर्फ कक्षा ११/१२ सञ्चालन भएको ३६ मावि, कक्षा ९/१० सञ्चालन भएको ५४ वटा मावि, ८४ वटा आधारभुत विद्धालय र ३१६ प्राविका शिक्षक, शिक्षिका विरोधमा उत्रिएको थियो ।
२०७५ कार्तिक १६ गते साँझ ७ :५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology