• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संस्था विकासका लागि अदृश्य कला केन्द्रले सांस्कृतिक कार्यक्रम गर्ने

संस्था विकासका लागि अदृश्य कला केन्द्रले सांस्कृतिक कार्यक्रम गर्ने


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक १४ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    अदृश्य कला केन्द्र हलेसीले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा रहेको कला केन्द्रले संस्थागत विकास र उन्नतीका लागि सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

    खोटाङकी चर्चीत गायिका पार्वती राईको साथमा आगामी सोमबार हलेसी मन्दिर प्राङगणमा बृहत सांकृतिक कार्यक्रम गर्न लागिएको केन्द्रका सचिव एकराज वुढाथोकीले जानकारी दिनुभयो । काग तिहारको दिन गरिने कार्यक्रममा केन्द्रका अन्य कलाकारको पनि प्रस्तुती रहने छ ।

    हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा विगत ४ महिनाअघि स्थापना भएको केन्द्रले नगरपालिकाभित्र रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्न गराउनमा मद्दत पु¥याईरहेको छ । निकट भविष्यमा नृत्य र गायनका कक्षा सञ्चालन गर्ने केन्द्रको योजना छ ।
    २०७५ कार्तिक १४ बिहान ८ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology