समायोजन खबर खोटाङ,
थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबलमा नेपालले आजभारतमाथि शानदार जित निकालेको छ । नेपाल २–० ले विजयी भएको छ । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि गोल गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गर्नुभयो । यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ ।
नेपाल पहिलो खेलमा आयोजक थाइल्यान्डसित ३–० ले पराजित भएको थियो । नेपालले छनोटको अन्तिम खेलमा कात्तिक ११ गते पाकिस्तानसित प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् । प्रत्येक समूहबाट उत्कृष्ट हुने दुई उपविजेता पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
२०७५ कार्तिक ९ साँझ ६ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology