समायोजन खबर खोटाङ,
जिल्ला हुलाक कार्यालयमा कार्यरत करारका कर्मचारी अवकाशपत्र पाएपछि अन्यौलमा परेका छन् । ७० जिल्लामा काम गरिरहेका हुलाकी र हल्कारालाई जिल्ला हुलाक कार्यालहरुले एकाएक अवकाशपत्र दिएपछि उनिहरु अन्यौलमा परेको हुन् । गएको आर्थिक वर्षको अन्तिममा सरकारले संगठन र व्यवस्थापन सर्वेक्षण गरेर नयाँ संगठन स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
यसै क्रममा हुलाकमा रहेको ८ हजार ६ सय दरबन्दीलाई ५ हजार ८ सयमा झारिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । देशभर हाल ७० वटा हुलाक कार्यालय छन् भने ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरिक्त हुलाक रहेका छन् । जसमा झन्डै १८ हजार कर्मचारी छन् । प्रविधिको विकासले हुलाकको काम प्रभावकारी हुन सकेको छैन । समय बदलिए पनि सरकारले सोही अनुसारको काम दिन नसक्दा हुलाक कार्यालयहरु काम विहिन बनेको छ ।
२०७५ कार्तिक ८ बिहान ९ :१९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology