समायोजन खबर भोजपुर,
छिमेकीले हानेको दाउराको चिरपट लागेर भोजपुरको षडानन्द नगरपालिका ५ मुलपानी आपटारेमा एक युवकको मृत्यु भएको छ । पुरानो रिसइवीका कारण स्थानीय पञ्च वहादुर भनिने २७ वर्षीय मान वहादुर मगरले आफ्नै छिमेकी २६ वर्षीय सुरेश राईलाई हिजो चिरपट दाउराले टाउकोमा प्रहार गरेका थिए ।
चिरपट प्रहारबाट गम्भिर घाइतेसुरेशको संखुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा वाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
२०७५ कार्तिक ७ साँझ ६ : ३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology