• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगामा वडाअध्यक्ष विरुद्ध सार्वजनिक मुद्दा

ओखलढुंगामा वडाअध्यक्ष विरुद्ध सार्वजनिक मुद्दा


समायोजन खबर
  • बुधबार, कार्तिक ७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर ओखलढुंगा,
    मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्लेका वडा अध्यक्ष हेमराज राई विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादक पदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राई विरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाअध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एकसाताको म्याद थप गरि मुद्दा चलाईएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए ।

     

    शर्माका अनुसार वडाअध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सीना, स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राईलाई प्रहरीले पक्राउ गरेको हो । जिम्मेवार व्यक्ति नै झडपमा उत्रिएपछि कानुनी कारवाही गर्नुपरेको प्रहरीले जनाएको छ । वडा अध्यक्षबाटै असुरक्षित भएपछि प्रहरीमा उजुरी गर्नुपरेको पीडित पक्षको गुनासो छ । घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाअध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो ।
    २०७५ कार्तिक ७ बिहान ९  :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology