• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओ ! नयाँ पुस्ता

ओ ! नयाँ पुस्ता


समायोजन खबर
  • मंगलबार, कार्तिक ६ २०७५

  • हेरत,
    ओ नयाँ पुस्ता हौँ
    भन्ने हरु हो !
    सुनत,
    ओ नयाँ चेतनाका
    सम्बाहक हौँ
    भन्ने हरु हो !
    तिम्रो गणतान्त्रिक देशमा
    नागरिक सर्वोच्चता,
    तिम्रो देशको सत्ताले
    तिमीलाई दिएको
    इज्जत र मर्यादा ।
    तिमीत,
    आफूलाई
    चङ्गा ठान्छौं हैनर?
    रगतसँग साटेर ल्याएको गणतन्त्रमा
    अब, घुँडा टेक्ने पालो कस्को भनेर
    पहिल्यै निर्क्यौल
    गरेका थियौ, होइन र?
    कसरी देखिरहन सक्छौ?
    कसरी सुनिरहन सक्छौ ?
    खोलो उकालो
    बग्न खोजेको
    सामन्ती स्वर
    मुटुमा गडेको ।
    सुनत,
    ओ नयाँ पुस्ता हो,
    महसुस गरत
    ओ नयाँ चेतनाका
    सम्बाहकहरू हो,
    मालीक ठान्नेको
    ठाँट देख्दा
    ’नोकर हौ’ को आसयमा
    तिमीलाई लेख्दा
    तिमी भित्रको क्रान्ति दुखेन ?
    के,
    तिमी भित्रको शान्ति दुखेन ?
    आगो ओकल्न्ने
    ओठहरू,
    पहाड ढाल्ने
    पाखुरीहरू,
    यो, दम्भलाई
    थाहा देउ
    यो, अविवेकलाई
    थाहा देउ ।

    राज कुमार बस्नेत
    अध्यक्ष, नेविसंघ खोटाङ
    २०७५ कार्ति ६ साँझ ६  :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology