चिसाङ शेर्पा खोटाङ,
खोटाङका लोक गायक हर्क गदालको दुई गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक जागरण गीत र लोकपप विधाको गीत सार्वजनिक भएको हो । शब्द, संगीत, आवाज आफैले दिएको दुई गीतलाई माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा आईतबार बिहान कार्यक्रमका प्रमुख अतिथि सोही स्कुलका प्रअ सागर जोशी र कार्यक्रमका विशेष अतिथि नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले एकसाथ ब्यानर खोलेर सार्वजनिक गरेका हुन् ।

नगर दलित समितिको विशेष सहयोगमा धेरै दुःख पाईयो र विभिन्न खोटाङगेहरुको सहयोगमा बाटोमा हिड्यो ठीटीहरुले बोलको गीतमा गायक गदालकै अभिनय रहेको छ । गदालको अलावा सौगात श्रेष्ठ, आयुष्मा राई, सन्जव राई लागयतका खोटाङगेहरुले अभिनय गरेका छन् । छायांकनमा सम्पुर्ण सामग्री तथा जिल्लाकै कलाकारहरुको सहयोगमा दिक्तेलबजार, रुपाकोट, मुढेको भुल्के, बाम्राङ र अल्छेढुंगामा गीतको छायांकन गरिएको छ । म्युजिक भिडियोलाई सन्जिव राईले निर्देशन गरेका हुन् ।
क्याप्सन :म्युजिक भिडियोको ब्यानर खोलेर सार्वजनिक गर्नुहुदै अतिथिहरु, तस्विर चिसाङ शेर्पा, २०७५ असोज २८ मध्यान्ह १२ : २२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology