चिसाङ शेर्पा खोटाङ,
लोक गायक हर्क गदालको दुई गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लोक गायक गदालको एकवटा दलित जागरण गीत र एकवटा लोकपप गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक हुने भएको हो ।
गदालको लय, शब्द, स्वर तथा खोटाङकै विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोलाई भोली दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिने लोक गायक गदालले जानकारी दिए । म्युजिक भिडियोमा लोक गायकका अलवा सौगात श्रेष्ठ, आयुष्मा राईले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोलाई सिताराम(सन्जिव)राईले निर्देशन गरेका हुन् ।
फोटो :लोक गायक हर्क गदाल, २०७५ असोज २७ साँझ ७ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology