• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरी दिवसमा अमर परिवार र जग्गादाता सम्मानित

प्रहरी दिवसमा अमर परिवार र जग्गादाता सम्मानित

प्रहरी दिवस


चिसाङ शेर्पा
  • बिहिबार, असोज २५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    ६३ औं प्रहरी दिवसको अवसरमा अमर परिवार र जग्गादाताहरुलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा चार अमर परिवार, तीनजना जग्गादाता लगायतलाई सम्मान गरिएको हो ।

    २०१२ सालमा आजकै दिन प्रहरी ऐनमा लालमोहर लागि वैधानिकता प्राप्त गरेको उपलक्ष्यमा देशब्यापी रुपमा मनाइएको प्रहरी दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका अमर परिवार सरस्वती ठाकुर, दिक्तेलकै कमला देवी आचार्य, खाल्लेका लक्ष्मी श्रेष्ठ र वाम्राङका राम बहादुर कट्वाललाई दोसल्ला ओढाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

    ३४ प्रहरी इकाई रहेकोमा सशस्त्र द्धन्द तथा भुकम्पका कारण आफ्नो भवन नभएका प्रहरी इकाईहरुलाई भवन निर्माणका लागि जग्गा दान गर्नुहुने जग्गादाता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ललित बहादुर बस्नेत, रावावेंशी गाउँपालिका–२ खार्पाका सिंह बहादुर मगर र महाविर मगरलाई सम्मान गरिएको छ । वस्नेतले जिल्ला प्रहरी कार्यालय दिक्तेललाई तीन आना तीन पैसा र मगरद्धयले प्रहरी चौकी खार्पालाई पाच रोपनी जग्गा दान गर्नु भएको थियो । जग्गादातालाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले कदरपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

     

    प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालयले गराएको आन्तरिक ब्याडमिण्टन, टेबल टेनिस र जिल्लाब्यापी माध्यमिक विद्धालय स्तरीय निबन्ध लेखन प्रतियोगिता विजयीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । टेवल टेनिस प्रतियोगितामा प्रथम हुने प्रहरी सहायक निरीक्षक सरोज बस्नेत, दोश्रो हुने प्रहरी हवल्दार एक नारायण श्रेष्ठ, ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स ईभेन्टमा प्रथम हुने प्रहरी जवान अनिल नेपाली, दोश्रो हुने प्रहरी जवान विपिन नाथ योगी, ब्याडमिन्टन प्रतियोगिताको डबल्स ईभेण्टतर्फ प्रथम हुने प्रहरी जवान अनिल नेपाली, सुवास खत्री दोश्रो हुने प्रहरी जवान गंगा प्रसाद मण्डल र निरवान मल्ल तथा निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने महेन्द्रोदय मावि हलेसीमा कक्षा ११ मा अध्ययनरत निसा गिरी तथा दोश्रो हुने दिक्तेल ईङगलिस सेकेण्डरी वोर्डिङका छात्रा रोधीमा दुलाललाई सम्मान गरिएको छ ।
    क्याप्सनः जग्गादाता ललित बहादुर बस्नेतलाई सम्मान गर्नुहुंदै प्रजिअ पौडेल तस्विर चिसाङ शेर्पा, २०७५ असोज २५ अपरान्ह ४  :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology