• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तरुण दलको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तरुण दलको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


समायोजन खबर
  • बुधबार, असोज २४ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समिति खोटाङले दशै, तिहार, छठपर्वको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गतवर्ष झै यसवर्ष पनि शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिईएको हो ।

     

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यटोलको नयाँ वसपार्कमा तरुण दल नगरसभापती सुचन राईको सभापतित्वमा बुधबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य तथा पुर्व जिविस सभापती विष्णु कुमार राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य प्रकाश कुमार श्रेष्ठ, जिल्ला सदस्य एवं नेपाल महिला संघ जिल्ला उपसभापती डिल्ली कुमारी आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्य, तरुण दलका अध्यक्ष भिषण राई र तरुण नेता सन्जय कुमार राईले शुभकामना मन्तब्य राखेका थिए ।

     

    कार्यक्रमका प्रमुख अतिथि तथा महासमिति सदस्य एवम् पुर्व जिविस सभापती विष्णु कुमार राइले पछिल्लो अवस्थामा समाजमा वढिरहेको वलात्कार, हत्या, हिंसालाई सरकारले दण्डहिनताको वातावरण सिर्जना गराई मौलिन दिईरहेको कारण कांग्रेसले शसक्त रुपवाट यसको विरोध गरीरहेको बताए । २०७५ सालको विजया दशमीको पुर्वसन्ध्यामा वलात्कार, हत्या, हिंसा, विकृती विरुद्धमा एक भएर लाग्न चाडपर्वले प्रेरणा दियोस भन्ने शुभकामना दिए ।
    क्याप्सन : शुभकामना आदानप्रदान पश्चात सामूहिक तस्विरमा नेता तथा तरुण नेताहरु, तस्विर समायोजन खबर २०७५ असोज २४ राती ८ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology