• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायक पोखरेल उत्कृष्ट गायकमा छनौट

लोक गायक पोखरेल उत्कृष्ट गायकमा छनौट

भोट गरी जिताउन अपिल


समायोजन खबर
  • सोमबार, असोज २२ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङका लोकगायक धर्मराज पोखरेल उत्कृष्ट गायकमा छनौट भएका छन् । सगरमाथा म्यूजिक अर्वाडमा पुर्बेली लोकगीत दुई दिने चोलाबाट उनी उत्कृष्ट लोकदोहोरी गायकमा छनौट भएका हुन् ।

     

    खोटाङकै बहुप्रतिभाका धनी पोखरेल लोकदोहोरीतर्फ उत्कृष्ट गायकमा परेपछि जिल्लाकै नाम उचो भएको छ । उत्कृष्ट गायकमा परेका लोकगायक पोखरेलले खोटाङ नुनथलाका श्रष्टा शिवसंगम राईको शब्द संगीत रहेको ‘दुई दिने चोला’ लोकदोहोरीमा आवाज दिएका थिए । गीतमा उनलाई चर्चीत गायिका मेलिन राईले साथ दिइएकी छन् ।

     

    आगामी मंसिरमा हुने सगरमाथा म्यूजिक अर्वाडमा लोक गायक पोखरेललाई उत्कृष्ट गायकमा जिताउनका लागि मोवाईलको म्यासेज बक्समा गई एसएमए टाईपगरी एक स्पेस दिएर ९ डि टाईपगरी ३३००१ पठाई भोट गर्न सकिन्छ ।


    एक दशक अघिबाट नेपाली लोक गायनमा क्रियाशिल पोखरेल राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट गायकमा परेसँगै पुर्वाञ्चल तथा खोटाङको यो पहिलो रेर्कड भएको छ । देशभरीका लोक गायक मध्येबाट खोटाङका गायक उत्कृष्टमा पर्नु सामान्य कुरा नभएको लोक गायक पोखरेलले बताए । उत्कृष्ट गायनमा परेका उक्त लोकदोहोरीमा स्वयम् उनले पनि अभिनय गरेका छन् ।

     

    सगरमाथा म्यूजिक अर्वाडलाई लोक गायक पोखरेलले मध्ये बसेरी र दुई दिने चोला लोकदोहोरी गीत दिएका थिए । २०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् । हालसम्म उनको १९ वटा लोक तथा दोहोरी गीत वजारमा आईसकेको छ ।

    हेर्नुहोस ‘दुई दिने चोला’ यही गीतबाट उनी उत्कृष्ट गायकमा छनौट भएका हुन् ।


    फोटो : लोक गायक धर्मराज पोखरेल, २०७५ असोज २२ बिहान ९ : ५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology