चिसाङ शेर्पा खोटाङ,
खोटाङमा दशै तिहारलाई लक्षित गरेर आधा दर्जन स्थानमा लोकल बस सञ्चालनमा आएको छ । हिउँदसगै सडकहरुमा भएको खाल्डाखुल्डी मर्मत गरिएपछि विभिन्न स्थानमा बसहरु सञ्चालनमा आएको हो ।
सम्बन्धित पालिका तथा त्यसका वडाहरुले आफ्नो स्थानमा बिग्रिएको सडकलाई मर्मत र सफा गरेपछि बस गुडाउन थालिएको हो । मंगलबार परिक्षणका रुपमा बस गुडाएपछि बुधबारबाट नियमित दिक्तेल–मात्तिम, खिदिमा, दिक्तेल–रेग्मीटार–रसुवाघाट, दिक्तेल–निर्मलीडाडाँ, दिक्तेल– जालपा र माक्पामा बस सञ्चालनमा आएको खोटाङ यातायात प्रालिका व्यवस्थापक रामकुमार हिङमाङले जानकारी दिए । जिल्लाका आन्तरिक सडकमा चल्ने सवारी साधनको भाडादर पनि पुरानै कायम गरिएको छ ।
यस्तै, खोटाङ यातायात प्रालिले दशै अगाडी नै दिक्तेल–वाक्सिला, दिक्तेल–चखेवाभन्ज्याङ, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–टेम्मा र दिक्तेल–पञ्चमीवजारमा बस सञ्चालनमा ल्याइने जनाएको छ । त्यसका लागि गाउँपालिका र नगरपालिका तथा वडाहरुले सडक बनाउनमा चासो दिनुपर्ने यातायात प्रालिले जनाएको छ । हाल आन्तरिक र बाह्यगरी खोटाङ यातायात प्रालिको दैनिक २२ वटा बस दिक्तेलबाट छुट्ने गरेका छन् ।
२०७५ असोज १७ साँझ ६ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology