चिसाङ शेर्पा खोटाङ,
समाजवादी विधार्थी फोरमको केन्द्रिय महासचिवका लागि खोटाङबाट रविन खम्बु दावेदार रहेका छन् । संघीय सबमाजवादी नेपालको भातृ संस्था समाजवादी विधार्थी फोरमको आगामी असोज २१, २२, २३ गते जनकपुरमा हुने केन्द्रिय महाधिबेशनमा केन्द्रिय महासचिव पदका लागि उनी दावेदार रहेका हुन् ।
खोटाङबाट खम्बुको दावेदारीमा विवाद छैन । केन्द्रमा सहमती भए पनि निर्वाचन प्रक्रियामा गए पनि उनलाई केन्द्रिय महासचिव पदमा पुग्न सकस छ । यतिवेला समाजवादी विधार्थी फोरमले जिल्लाबाट पाँचजना प्रतिनिधि र पाँचवटा क्याम्पसवाट प्रतिनिधि छनौट गर्ने काम तीव्र रुपमा गरीरहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पामा जन्मिएका उनी समाजवादी विधार्थी फोरम नेपालको केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज हुन् । दोर्पाको कर्कले प्राविबाट औपचारिक शिक्षा र विद्योदय माविबाट प्रवेशिका परिक्षा उतिर्ण गरी दिक्तेल बहुमुखी क्यापसमा ब्याजलर अध्ययन गरिरहेका उनले २०६५ सालदेखी विधार्थी राजनीति सुरु गरेका थिए ।
मुख्य रुपमा जिल्लामा समाजवादी विधार्थी फोरम नेपालको संगठन स्थापना गर्नमा उनको ठूलो देन रहेको छ । उनको कार्यकालभित्र सामुदायिक विद्धालयहरुले ढाड सेक्नेगरी लिदै आएको सर्टिफिकेट शुल्क फिर्ता, एसईई र कक्षा १२ को सर्टिफिकेट शुल्कमा जिल्लाभरी एकरुपता र २०७३ सालमा क्याम्पसहरुमा घोषणा गरिएको स्ववियु चुनाव वहिष्कारपछि गराउन नदिएको उल्लेखनिय कार्यहरु भएका थिए ।
विधार्थी नेताको रुपमा राम्रो छाप बनाएका खम्बु दुई पटक गिरफ्तार भएका थिए ।विभेदकारी संविधान जारी नगर्न भनी २०७२ सालमा आन्दोलन उत्रेका उनी साउन २८ र असोज ३ गते गिरफ्तारीमा परेका थिए । २०७० सालयता राजनीतिमा सक्रिय उनको कार्यकालमा जिल्लामा अग्रगामी अध्ययन केन्द्र नामक पुस्तकालय स्थापना गरी युवा विधार्थीहरुलाई अध्ययनशिल, उद्यमीशिलतामा लाग्न प्रेरित तथा समाजवादको यात्रा नामक मुखपत्र प्रकाशन गरी संगठन गतीविधिलाई विस्तार गरी नेपाली विधार्थी राजनीति क्षेत्रमा वैचारिक योगदान पु-याएका छन् । २०७३ सालयता उनी हाल नेपाल आदिवासी जनजाति महासंघ खोटाङको जिल्ला सचीव समेत हुन् । जिल्ला अध्यक्षमा दुई कार्यकाल र किरात प्रदेशको सचिवको जिम्मेवारी सफलता पुर्वक बहन गरिसकेको खम्वु हाल केन्द्रिय सचिवालय सदस्य हुन् ।
फोटो : रबिन खम्बु, २०७५ असोज १६ साँझ ६ : ३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology