चिसाङ शेर्पा खोटाङ,
जेष्ठ नागरिक जिल्ला संघ खोटाङका बृद्धबृद्धाहरुले धार्मिक एवम् ऐतिहासिक भ्रमणको भिडियो डकुमेन्ट्रि हेरेका छन् । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको असवरमा आफ्नो एघार दिने भ्रमणको भिडियो हेरेका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा सोमबार दिउँसो दुई घण्टाको भिडियो डकुमेन्ट्रि हेरिएको जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए । भिडियोमा धनुषाको जानकी मन्दिर, तनहुंको देवघाटधाम, रुपन्देहीको लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव मन्दिर, डेबिज फल (पाताले छाँगा), फेवाताल, तालवारही मन्दिर, चितवनको केवलकार, गोर्खाको मनकामना मन्दिर, काठमाण्डौको पशुपतीनाथ र नारायणहिटी दशरबारमा बृद्धबृद्धाहरुले गरेका दर्शन एवम् भ्रमणको दृश्यहरु कैद गरिएको छ ।
खोटाङका ९६ जना बृद्धबृद्धाहरु संलग्न उक्त तीर्थयात्रालाई संम्भवत नेपालकै पहिलो तीर्थयात्राको रुपमा हेरिएको छ । बृद्धबृद्धाहरुले गत भदौ २९ गतेदेखी असोज ८ गतेसम्म धार्मिक दर्शन एवम् अवलोकन गरेका थिए ।
क्याप्सन :भिडियो डकुमेन्ट्रि हेर्दै बृद्धबृद्धाहरु तस्विर चिसाङ शेर्पा, २०७५ असोज १६ विहान ९ :३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology