चिसाङ शेर्पा खोटाङ,
प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ प्रथम भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ धरानस्थित कवर्ड हलमा भएको प्रतियोगितामा ७ स्वर्ण, २ रजत, ५ कास्य लिएर खोटाङ पहिलो भएको हो ।
आईतबार भएको प्रतियोगितामा पुरुष कुमितेतर्फ ६० केजी तौल समुहमा सन्तोष राई, ७५ केजी तौल समुहमा सुजन राई, महिला कुमितेतर्फ ५५ केजी तौल समुहमा विद्याकला राई, ६८ केजी तौल समहुमा जस्मिना राई र ६८ केजी प्लसमा मिस डोना राईले स्वर्ण पदक दिलाएका थिए । महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा रोस्मा राई, विद्याकला राई र जस्मिना राईले खोटाङलाई स्वर्ण पदक दिलाएकी टिम प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।
पुरुष समुहकातामा मोतीचन्द्र राई, रुरीहाङ दुमी र अर्जुन श्रेष्ठले दुई रजत ल्याएका थिए । महिला कुमितेतर्फ ५० केजी तौल समुहमा समिता राई, ६१ केजी तौल समुहमा सोना राई तथा पुरुष कुमितेतर्फ ५५ केजी तौल समुहमा अर्जुन श्रेष्ठ, ६७ केजी तौल समुहमा रुरीहाङ दुमी र ८४ केजी तौल समुहमा इश्वरधन राईले पाँच कास्य दिलाएका हुन् ।
स्वर्ण पदक लिएका सातजनाले सिराहामा असोज १५, १६, १७ गते हुने गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा भिड्न पाउने टिम प्रशिक्षक कसजुले जनाए । उनका अनुसार प्रतियोगिताको आज उद्घाटन हुनेछ । प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा ५ स्वर्ण लिएर सुनसरी दोश्रो र २ स्वर्ण लिएर मोरङ तेश्रो भएको थियो । हालसम्म प्रदेश नम्बर १ मा खोटाङ ७ पटक समुह प्रथम भईसकेको छ ।
जिल्लाका खेलाडीलाई पहिलो बनाउन कुनै नौलो कुरा नभएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । खेलकुदसँग आवद्ध संस्था तथा स्थानीय सरकारको सहयोग हुनुपर्छ । उनले भने, ‘खोटाङका खेलाडीलाई अवश्य राष्ट्रिय खेलाडी बनाउन सकिन्छ ।’
क्याप्सन :प्रदेश नम्बर १ कराते छनौट प्रतियोगिताका लागि सुनसरी जाने क्रममा हलेसीमा सामूहिक फोटो खिचाउदै खेलाडीहरु, तस्विर मिलन कसजु फेसवुक, २०७५ असोज १५ बिहान ८ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology