समायोजन खबर खोटाङ,
जिम्मेवारी विभाजनलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै गएको छ । प्रदेशको नेतृत्व तोकिएको बिषयमा असन्तुष्ट नेकपाका नेता माधवकुमार नेपाल पक्षले छुट्टै भेला गरेपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ । प्रदेश नेतृत्व तोक्ने ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असन्तुष्ट बरिष्ठ नेता नेपालले भेला बोलाएरु नै असन्तुष्टि पोख्नु भएको थियो । नेपाललाई नेकपाका नेता बामदेब गौतम र नारायणकाजी श्रेष्ठले पनि साथ दिनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला यता नेपालपक्षले गुट चलाउन थालेको भन्दै ओली पक्षले पनि असन्तुष्टि जनाएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री स्वदेशमा नभएका बेला नेता नेपालले चियापानको बाहनामा बोलाएको स्थायी कमिटीको भेला गलत भएको ओली पक्षका नेताहरुले सार्वजनिक रुपमा टिप्पणी गरेका छन् । नेता नेपालले मुलुक र पार्टी दुबै गम्भीर अवस्थाबाट गुज्रिरहेको यस्तो बेला पार्टीको बैठक व्यवस्थित रुपमा हुन नसकेको आरोप लगाउनु भएको थियो ।
यसबारेमा पुर्व माओवादी पक्षले भने टिप्पणी गरिसकेको छैन । विश्लेषकहरुले भने नेकपा भित्र शुरु भएको यो असन्तुष्टि स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । विश्लेषक सोमत घिमिरेले पार्टी एकिकरण हुदा देखि प्रदेश कमिटी विस्तार हुदा सम्म नेकपामा छलफल सस्कार नरहेकाले यो समस्या आएको बताए ।
२०७५ असोज १४ बिहान ९ : ३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology