• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरपालिका र प्रअविच कार्य सम्पादन करार सम्झौता

नगरपालिका र प्रअविच कार्य सम्पादन करार सम्झौता


चिसाङ शेर्पा
  • शनिबार, असोज १३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माध्यमिक बिद्धालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । नगरपालिकाभित्र रहेको १८ वटा माध्यमिक विद्धालयका प्रधानाध्यापकहरुसँग शैक्षिक गुणस्तर अभिबृद्धिका लागि दुई दिने अन्तरक्रियात्मक छलफल र प्रतिबद्धतापछी नगरपालिका र प्रअविच सम्झौता भएको छ । एक विद्धालयका प्रअ भने अनुपस्थित रहेको थियो ।

     

    सार्वजनिक व्यवस्थापन क्षेत्रलाई उत्तरदायी, जवाफदेही, सक्षम एबं नतिजामुखी बनाई सुशासन कायम गर्नु, सार्वजनिक पदाधिकारीलाई प्रतिस्पर्धी, उत्तरदायी, जवाफदेही बनाउन नतिजामा आधारित मुल्याङकन पद्धतिको निर्माण गर्न, तोकिएका पदीय जिम्मेवारीलाई समयमै व्यवस्थित रुपमा सम्पन्न गर्न र समग्र शैक्षिक क्षेत्रको सुधार गरी गुणस्तरीय शिक्षाको अभिबृद्धि गर्ने उद्देश्यले कार्य सम्पादन करार सम्झौता गरिएको शनिबार दिक्तेलस्थित शुभदिन होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । २५ बुंदे शर्तहरुलाई आत्मासाथ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको रोहवरमा प्रअहरुको तर्फवाट नगर शिक्षा शाखा प्रमुख पञ्च कुमार राई र नगरपालिकावाट प्रमुख प्रशासकीय अधिकृत रेखा पाण्डे केसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

                                             कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका विद्धालयहरु
    स्थानीय सरकारको महत्वपुर्ण कामको थालनी भनि सम्झौता गरिएको २५ बुंदे शर्तमा शिक्षा सम्बन्धि मापदण्ड र योजना निर्माण, कार्यान्वयन र नियमनमा सहयोग गर्ने, विद्धालय शिक्षक र कर्मचारी व्यवस्थापन गर्ने, विद्धालयको नक्सांकन, अनुमती, स्वीकृती, समायोजन तथा नियमन कार्यमा सहयोग गर्ने, प्रत्येक शैक्षिक सत्रको बैशाख १५ गतेभित्र विधाधर्थी भर्ना अभियान सञ्चालन गरी विद्धालय उमेर समुहका सम्पुर्ण विधार्थीलाई भर्ना गराउने, प्रत्येक शैक्षिक सत्रको बैशाख १६ गतेवाट अनिवार्य पठनपाठन सुरु गर्ने, शुक्रबारको पाँचौ घण्टीपछि ४ वजेसम्म अतिरिक्त क्रियाकलाप गराउने लगायतका बुंदाहरु समेटिएको छ ।

     

    कार्य सम्पादन करार सम्झौता शिक्षा क्षेत्रका लागि अति नै महत्वपुर्ण काम भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । सम्बोधनका क्रममा नगरप्रमुख रिजालले कार्य सम्पादन करार सम्झौतालाई अनिवार्य रुपमा कार्यान्वयन गराउन प्रतिवद्धता रहेका जनाएका छन् ।

         कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षरपछि सामूहिक तस्विरमा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रअहरु

    क्याप्सन : कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुहुंदै नगरप्रमुख दिपनारायण रिजाल तस्विर चिसाङ शेर्पा २०७५ असोज १३ राती ८ : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology