• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भौगोलिक विखण्डन हाम्रो एजेन्डा होइन -ससफेा नेता यादव

भौगोलिक विखण्डन हाम्रो एजेन्डा होइन -ससफेा नेता यादव


समायोजन खबर
  • बिहिबार, असोज ११ २०७५

  • काठमाडौं। संघीय समाजबादी फोरम नेपालका सांसद उपेन्द्र यादवले आफ्नो पार्टी विखण्डनको पक्षमा नरहेको बताउनुभएकेा छ ।

    यादवले पृथकतावादी अभियन्ता सीके राउतविरुद्ध एक्सन लिदै  तराई केन्द्रीत अर्काे दल राजपाले सीके राउतका गतिविधिलाई मौन समर्थन गरिरहेका बेला फोरमले भने सीके राउतविरुद्ध संसदमै धावा समेत बोल्नुभएकेा  थियेा ।

    बिहीवारको प्रतिनिधिसभा बैठकमा फोरमका उपमहासचिव एवं सांसद रामसहाय यादवले पृथकतावादी गतिविधिलाई फोरमले कुनै हालतमा नस्वीकार्ने स्पष्ट पारे। केही समयअघि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त सीके राउतसँग सहकार्य गर्न खोजेको तर केही विषयमा कुरा नमिलेको खुलासा गरेका थिए। यस्तो बेला फोरमले राजपालाई काउन्टर दिँदै संसदमै सीके राउतको भण्डाफोर गरेको हो।

     यसैगरी संविधान संशोधनको विषय ओझेलमा परेको भन्दै यादवले भने, ‘यो अधिवेशनमा संविधान संशोधन हुन सकेन। अबको अधिवेशनबाट संविधान संशोधन हुन्छ भनेर आशा गरेको छु।’ सङ्घीयता मधेश आन्दोलनको उपज भएकोले यसलाई कसैले पनि समाप्त पार्न नसक्ने यादवले ठोकुवा गरे।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology