चिसाङ शेर्पा खोटाङ,
दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा साँढे २६ लाख वढी खर्च भएको छ । विभिन्न निकायवाट २३ लाख ६१ हजार ४ सय ९० रुपैयाँ संकलन हुंदा २६ लाख ५३ हजार ३ सय ३३ रुपैयाँ खर्च भएको हो । यो सँगै आयोजक ५ लाख १ हजार ८ सय ४३ रुपैयाँ ऋणमा परेको छ ।
नेपाल सितोरियो कराते संघ खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा गत बैशाख २०, २१, २२ गते आयोजना गरेको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सार्वजनिक सुनुवाई गरी उक्त कुरा जानकारी गराएको छ । प्रतियोगिताका निम्ति २२ लाख ५५ हजार ४ सय ९० रुपैयाँ नगद र १ लाख ६ हजारको भौतिक सामग्री प्राप्त भएको थियो ।
सहयोगीदाताले दिने भनी कबुल गरेको २ लाख १० हजार रकम उठ्न बाँकी रहेको नेपाल सितोरियो कराते संघका अध्यक्ष सन्जय कुमार राईले बताए । दाताहरुले कबुल गरेको रकम हालसम्म हात नलाग्दा प्रतियोगिताका लागि खरीद गरिएको भौतिक सामग्रीहरुको ऋण तिर्न गाह्रो भएको अध्यक्ष राईले बताए । खेलखुदको माध्यमबाट जिल्लाको पर्यटन प्रबद्र्धन र व्यापार ब्यावसायमा टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको तीन दिवसीय प्रतियोगितामा विभागिय टिम नेपाली सेना पहिलो, भारत दोश्रो र श्रीलंका तेश्रो भएको थियो ।
यसैविच, प्रतियोगिता गराउन सहयोग गर्ने सहयोगीदाताहरुलाई कदरपत्र वितरण गरी सम्मान गरिएको थियो । भने, प्रतियोगिताको तेश्रो संस्करण गराउनका लागि पनि छलफल गरिएको थियो । प्रतियोगिताको तेश्रो संस्करण पहिलेबाट गर्दै आएको स्थानमै गराउनुपर्ने र त्यसका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । कराते प्रतियोगिता ईनडोर गेम भएकाले आगामी संस्करण कवड हलभित्र गराउने उद्देश्यले ७५ लाख नगद कवड हल निर्माण गर्न विनियोजन गरेको जनाए ।
हलेसी तुवाचुङ नगरपालिका ४ लाख ८१ हजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ लाख ३ हजार ७ सय तीस
ऐंसेलुखर्क गाउँपालिका २ लाख ४४ हजार
रावावेंशी गाउँपालिका १ लाख ९७ हजार
साकेला गाउँपालिका १ लाख
खोटेहाङ गाउँपालिका ५० हजार
वराहपोखरी गाउँपालिका ५० हजार
२०७५ असोज ११ अपरान्ह ४ :०९ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology