• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जय भोलेको फस्टलुक सार्वजनिक

जय भोलेको फस्टलुक सार्वजनिक


योगिन राई
  • बुधबार, असोज १० २०७५

  • योगिन राई काठमाण्डौ,
    असोक शर्मा निर्देशित चलचित्र जय भोलेको फस्टलुक सार्वजनिक सँगै रिलिज मिति घोषणा तय गरिएको छ । गित र ट्रेलर अगाडि नै युट्युुबमा सार्बजनिक भइसकेपनि रिलिज मिति भने तय गरिएको थिएन । ट्रेलर रिलिज कार्यम्रममा निर्देशक शर्माले फिल्म दशैमा आउने पक्का छ तर फुलपाति देखि पुर्णेसम्ममा जुन दिन पनि घाम लाग्न सक्ने बताएका थिए ।

    बहुप्रतिक्षित चलचित्र छक्का पन्जा ३ सगै आउने हल्लाले समेत सिनेबृत निकै तातिएको भए पनि तर यी दुई चलचित्रका मेकर्सबचको लामो बार्तापछि सहमति भएको हो । ठुलो ब्यानरको चलचित्र एकसाथ आउदा दुबैलाइ घाटा हुने भएकाले सहमति गरिएको छक्का पन्जा ३ का लेखक तथा कलकार दिपकराज गिरिले बताएका थिए । छक्का पन्जा ३ को पनि दुई गित पोस्टर सार्वजनिक हुदासम्म रिलिज मिति तय गरिएको थिएन र गत शनिवार ट्रेलर रिलिज कार्यक्रममा रिलिज मिति घोषना गरिएको थियो अहिले यी दुई फरक फरक समयमा हलमा आउने भएको छ छक्का पन्जा ३ असोज २४ गत्ते घटस्थापनामा र जय भोले असोज ३० गत्ते फुलपातिमा आउने भएको छ ।

    खगेन्द्र लामिछानेले लेखेको चलचित्र जय भोलेको फस्टलुुकमा सौगात मल्ल खगेन्द्र लामिछानेदेखि नायिका स्वस्तिमा खडका हुँदै अन्य कलाकाहरु समेतलाइ अटाइएको छ । कमेडि तथा सोसियल ड्रामामा बनेको यस फिल्ममा कुर्ति शर्मा अँकित शर्मा र किरन शर्मा यसका निर्माता हुन भने पुरुषोत्तम प्रधानको छायाँकन राजनराज सिवाकोटिको र कल्यान सिहको संगीत राज ढुङ्गानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य रोशनबिक्रम भट्टराईको एक्सन छ । कलकारहरुमा सौगात, खगेन्द्रको अलवा सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौड्याल, बसुन्धारा भुसाल, सुरेन्द्र केसि लक्ष्मि गिरि लगायतले अभिनय गरेका छन ।
    २०७५ असोज १० साँझ ५ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology