समायोजन खबर खोटाङ,
बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपाललाई तीन–शून्य गोलले पराजित गरेको छ । खेलको ८४ औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि अब्दुल्लाहले दोस्रो र तेस्रो गोल गरेका थिए ।
खेलको नवौँ मिनेटमा मालदिभ्सका इब्राहिम हसन वाहिदले सोझै फ्रिकिकलाई गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए । आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको थियो भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको थिएन । हारसँगै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ ।
क्याप्सन : बंगबन्धु रंगशालामा प्रर्तिस्पर्धामा गर्दै खेलाडीहरु, तस्विर समायोजन, २०७५ भदौ २७ साँझ ७ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology