• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्मलाका आमाबुबा न्याय माग्दै काठमाडौं आए

निर्मलाका आमाबुबा न्याय माग्दै काठमाडौं आए


समायोजन खबर
  • बुधबार, भाद्र २७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,

    छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ । साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरे । त्यही क्रममा प्रहरीको गोलीबाट एक बालक मारिए ।

     

    सरकारले कञ्चनपुर प्रहरी र स्थानीय प्रशासनको नेतृत्व परिर्वतन गरेर छानविन थालेपछि आन्दोलन रोकिएको थियो । तर, छानविन समितिका एक सदस्यले सोमबार मात्र राजीनामा दिएका छन् भने हत्याका मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका दिलिप सिंह विष्टसँगै बम दिदीबहिनी छुटेका छन् । निर्मलाका आमाबुबासँगै काठमाडौं आएकी अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘छानविन समितिकै सदस्यले राजीनामा दिएपछि ‘भीआईजी’ हत्यारा पक्राउ पर्दैन कि भन्ने लाग्यो । त्यसैले न्याय माग्न उहाँहरु काठमाडौं आउनु भएको हो ।’

     

    उनकाअनुसार निर्मलाको परिवारसँगै स्थानीयबासीले स्थानीय प्रशासनले छानविनमा सहयोग गरेको थियो । तर, पछिल्लो समय वास्तविक हत्यारा पक्राउ पार्नेमा आशंका बढ्यो । झन छानविन समितिकै सदस्यले राजीनामा दिनुका साथै पक्राउ परेकाहरु पनि छुटेपछि न्याय पाउने आश परेको उनले बताइन् । अधिकारकर्मी चन्दका अनुसार सुरुमा वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइनेछ र त्यसक्रममा आउने जवाफका आधारमा अगाडि बढ्ने तयारी छ । आवश्यक परे धर्ना समेत दिने तयारी उनीहरुको छ ।

    २०७५ भदौ २७ बिहान ७ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology