चिसाङ शेर्पा खोटाङ,
नेपाली कांग्रेस खोटाङले दश स्थानिय तहमा विपी जयन्ती मनाएको छ । कांग्रेसका नेता, कार्यकर्ता, सुभेच्छुकहरुले महामानव विपी कोइरालाको १ सय ५ औं विपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।
नेपाली कांग्रेस खोटाङले आफ्ना नेताहरुलाई खटाएर नगरपालिका र गाउँपालिकामा विपी जयन्ती मनाएको कांग्रेसले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भने विपी जयन्तीको अवसरमा कांग्रेसले सप्तेश्वर छितापोखरीमा नेकपाका गाउँ कमिटी सचिव पवन कुमार थापालाई पार्टी प्रवेश गराएको छ । सप्तेश्वर छितापोखीको राम्चेडाडाँमा अवस्थित कौशलराज रेग्मी, जयबहादुर राई स्मृती पुस्तकालयमा भएको विपी जयन्ती कार्यक्रममा नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि, युवा नेता तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भुपेन्द्र राई, जिल्ला सदस्य वसन्त राई, कांग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापती तीर्थराज भट्टराई र नेविसंघ जिल्ला सदस्य तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपप्रमुख सपना राईले अविर र फुलमाला लगाएर थापालाई पार्टीमा प्रवेश गराएका हुन् ।
उता, हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम छापडाडाँमा नेपाली कांग्रेसका जिल्ला सभापती नरेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापती तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको विशेष अतिथ्यतामा भएको कार्यक्रममा तत्कालिन नेकपा एमाले नगर कमिटी अध्यक्ष तथा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य चक्र बहादुर राई र नेकपा माओवादीका स्थानीय नेता मेजर राई कांग्रेसमा प्रवेश गरेका छन् ।
विपी स्मृती भवन दिक्तेलमा पनि भव्यताका साथमा कार्यक्रम मनाईएको छ । अन्य गाउँपालिकाको थप जानकारी आउन वाँकी रहेको छ । बाबु कृष्णप्रसाद कोइरालाका साहिँला छोराका रुपमा वीपी कोइरालाको जन्म विसं १९७१ भाद्र २४ मा भएको हो ।
क्याप्सन :नेकपाका गाउँकार्य सचिव पवन कुमार थापालाई पार्टी प्रवेश गराउनुहुदैं महाधिवेशन प्रतिनिधि राई लगायत तस्विर, चिसाङ, २०७५ भदौ २४ गते राती ८ : १९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology