चिसाङ शेर्पा खोटाङ,
केपीलासगढी गाउँपालिकाले पाँचजना शिक्षक, शिक्षिकालाई सम्मान गरेको छ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गाउँपालिका भित्रका उत्कृष्ट शिक्षक शिक्षिकालाई शनिवार सम्मान गरेका हुन् ।
मनकामना प्रावि वाक्सिलाकी ललिता राई, कालिका प्रावि दाम्खु वाक्सिलाका ददिराम निरौला, पृथ्वी उच्च मावि वाक्सिलाका गोपाल वास्तोला, थर्पु मावि सप्तेश्वरका पर्शुराम राई र सुर्य मावि सुङदेलका ललितचन्द्र राई सम्मानित भएका हुन् । सम्मानित शिक्षक शिक्षिकालाई गाउँपालिका प्रमुख कृष्ण कुमार राई, उपप्रमुख हिरा कुमारी वन गिरीले दोसल्ला ओढाई जनही पाच हजार नगदका साथमा सम्मापनपत्र वितरण गरेका थिए ।
यसैविच, राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन भएको मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पृथ्वी उच्च मावि वाक्सिला प्रथम, सोही स्थानका कञ्चन वोर्डिङ स्कुल दोश्रो र राष्ट्रिय मावि वासपानी तेश्रो भएको थियो । विजयी समुहले क्रमश ५ हजार, ४ हजार, ३ हजार नगद पुरस्कार पाएका छन् । अन्य सहभागी समुहलाई प्रोत्साहन स्वरुप २/२ हजार नगद प्रदान गरिएको थियो ।
२०७५ भदौ २४ गते बिहान १० : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology