समायोजन खबर खोटाङ,
भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा एक बालकको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगपालिका ३ झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
बाल्टिनमा डुबेर बेहोस भएको बालकलाई उपचारकै लागि भक्तपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि भक्तपुर अस्पताल राखिएको छ ।उज्यालो
२०७५ भदौ २० गते साँझ ५ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology