समायोजन खबर खोटाङ,
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।
उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारापनीले जनाएको छ । मृतक दुर्इ दाजुभाइ हुन् । टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ । घटना लगतै केही समय राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।
२०७५ भदौ २० गते २ : २७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology