चिसाङ शेर्पा खोटाङ,
खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीय प्रकास राईको मृत्यु भएको छ । गए राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अल्छेढुंगा जिरो प्वाईन्ट नजिक को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा उनको मृत्यु भएको हो ।
राती करीव १२ : ५० सडकबाट १० मिटर तल खस्दा दुर्घट्नामा शक्त घाईते बनेका प्रकाशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालको शब गृहमा राखिएको छ । ट्याक्टरका सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी २० वर्षीय सुजन राई गम्भीर घाईते भएका छन् । घाईतेलाई सोही राती उपचारका लागि काठमाण्डौ लगिएको छ ।
२०७५ भदौ २० गते बिहान ९ : ०० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology