• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निजामति कर्मचारी युनियन संघले मनायो स्थापना दिवस

निजामति कर्मचारी युनियन संघले मनायो स्थापना दिवस


चिसाङ शेर्पा
  • मंगलबार, भाद्र १९ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिति खोटाङले जिल्ला अस्पताल परिसरमा सरसफाई गरेको छ । ‘राष्ट्र सेवा निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने नारासहित जिल्ला कार्य समितिमा रहेका निजामति कर्मचारीहरुको समुहले मंगलबार बिहान अस्पताल परिसर सरसफाई गरेको नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समितिका सचिव प्रकाश घिमिरेले बताए ।

     

    सरसफाई पश्चात निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समितिले नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालय विपी स्मृती भवनमा औपचारिक कार्यक्रम गरेर स्थापना दिवस मनाएका थिए । कार्यक्रममा सहभागी बक्ताहरुले कर्मचारी हकहितका लागि सबै लाग्नुपर्ने, राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई दुख दिने प्रबत्ति त्याग्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रेस युनियन खोटाङका अध्यक्ष दिलिप खत्री, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कृष्णप्रसाद आचार्य, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य सुमनवावु आचार्य, कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले कर्मचारी हकहितका वारेमा आ–आफ्नो धारणा राखेका थिए ।

     

    नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला उपाध्यक्ष राम कुमार राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य प्रकाश कुमार श्रेष्ठ, क्षेत्रिय सहसचिव उद्धब राई, तरुण दलका जिल्ला अध्यक्ष भिषण राई लगायतको उपस्थिती रहेको थियो ।
    क्याप्सन : स्थापना दिवसमा सहभागी अतिथिहरु, तस्विर, चिसाङ शेर्पा, २०७५ भदौ १९ गते मध्यान्ह १२ : २७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology