• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिकित्सकहरुको आन्दोलनका कारण २२ लाख बढी बिरामीहरु समस्यामा

चिकित्सकहरुको आन्दोलनका कारण २२ लाख बढी बिरामीहरु समस्यामा


समायोजन खबर
  • सोमबार, भाद्र १८ २०७५

  • समायोजन खबर खोटाङ,
    अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु बन्द गरेर देशभरिका चिकित्सकहरुले आज पनि बन्द गरेका छन् । चिकित्सकको आन्दोलनका कारण लाखौं बिरामी प्रभावित भएका छन् । मुलुकी अपराध संहितामा गरिएको व्यवस्था परिवर्तन गर्न माग गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु बिचल्लीमा परेका छन् । चिकित्सकहरुको आन्दोलनका कारण अस्पताल पुगेका बिरामीहरु उपचार बिनै फर्किन बाध्य भएका छन् । बाहिरबाट राजधानीमा उपचार गर्न आउनेहरु ठूलो समस्यामा परेका छन । आन्दोलनका कारण एक दिनमा २२ लाख भन्दा बढी बिरामीहरु समस्यामा परेका छन् ।

     

    हिजो नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिनुभयो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा हड्तालमा सहभागी हुने चिकित्सकलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने चेतावनी दिएको छ । आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा ऐन अनुसार कारवाही र जरीवानाको चेतावनी दिएको हो ।

    २०७५ भदौ १८ गते बिहान ९ : २७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology